कार्तिक २, काठमाडौँ । नेपालले त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा हङकङमाथि ६ विकेटको जित हात पार्न सफल भएको छ ।
हङकङले दिएको ९५ रनको लक्ष्य
पछ्याएको नेपालले १३.५ ओभरमा आफ्नो ४ विकेट गुमाएर उक्त लक्ष्य भेट्टाएको हो।
नेपालका
लागि कप्तान रोहिन पौडेलले नटआउट २५ बनाउँदा आसिफ शेखले सर्वाधिक ४२ र गुल्सन झाले नटआउट १४ रन र कुशल
भुर्तेलले ८ रन बनाउन सफल भएका हुन ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर
ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभर आफ्नो सबै विकेट गुमाउँदा जम्मा ९४ रन बनाएको
थियो ।
- न्युज बहार संवाददाता