भदौ २२, काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा कमजोर ब्याटिङ गरेपछि नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको छ । यो हार सँगै नेपालको ग्लोबल क्वालिफायर पुग्ने लक्ष्य पूरा हुन सकेन ।
नेपाललाई थाइल्याण्डले १०६ रनको लक्ष्य दिएको थियो । १०६ को लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर ५९ रनमै अलआउट हुनपुग्यो ।
- न्युज बहार संवाददाता