Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेदरल्याण्ड्ससँग आफ्नो पहिलो खेलमा नेपाल ६ विकेटले पराजित

  •   २ वर्ष अघि | २३ जेष्ठ २०८१, बुधबार

जेठ २३, काठमाडौँ । नेदरल्याण्ड्ससँग आफ्नो पहिलो खेलमा नेपाल  ६ विकेटले पराजित भएको छ । आईसीसी टी२० विश्वकप २०२४ अन्तर्गत समूहको पहिलो खेलमा नेपाल पराजित भएको हो ।

नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि अभिनाश बोहरा, दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान एक विकेट लिए ।

टस हारेर त्यसअघि डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६  रन बनाएको थियो ।

  • न्युज बहार संवाददाता

थप