भदौ १३, काठमाडौँ । एसिया कप क्रिकेटमा नेपाललाई
पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य दिएको छ। विशाल लक्ष्य पछ्याएको नेपालले
भने खराब सुरुवात गरेको छ ।
३४३ रनको
लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै लगातार दुई विकेट गुमाएको छ । शाहिद
अफ्रिदीको पाँचौं बलमा कुशल भुर्तेल आउट भए भने अफ्रिदीकै अर्को बलमा कप्तान रोहित
कुमार पौडेल आउट भए ।
- न्युज बहार संवाददाता