असार २९, काठमाडौँ । आज श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लबमा भइरहेको एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बलियो मानिएको पाकिस्तानलाई जम्मा एक सय ८० रनको लक्ष्य दिएको छ।
टस जिती पहिले ब्याटिङ गरेको नेपाली टोलीले ३७ ओभरमा आप्नो सबै विकेट गुमाई एक सय ७९ रनमा अलआउट भएको हो ।
नेपालकालागी सोमपाल कामीले अर्धसतक बनाए भने उनले आजको खराव सुरुवात भएको खलेमा ७५ रनको योगदान दिए ।
- न्युज बहार संवाददाता