कात्तिक १०, काठमाडौँ । त्रिकोणात्मक सिरिजमा यूएईले आयोजक नेपाललाई ४ विकेटले पराजित गरेको छ ।
यूएईलाई नेपालले उपाधिका लागि दिएको १६३ रनको लक्ष्य दिएको थियो।
१६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टाएको हो ।
यसअघि कुशल भुर्तेलको अर्धशतकको मद्दतमा त्रिवि
क्रिकेट मैदान, कीर्तिपुरमा
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२
रन बनाएको थियो ।
- न्युज बहार संवाददाता