Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो एक सय २२ रनको लक्ष्य

  •   ३ वर्ष अघि | १२ चैत्र २०८०, सोमवार

चैत १२, काठमाडौँ । पहिलो टी–२० क्रिकेटमा नेपाललाई सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आयरल्यान्ड ‘ए’ ले जितका लागि एक सय २२ रनको लक्ष्य दिएको छ । आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङ राजेकोमा निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको हो ।

ओपनर ब्याट्सम्यान स्टेफन डोहेनीले आयरल्यान्ड ‘ए’ का लागि सर्वाधिक ४६ रनको योगदान गरेका छन । उनी बाहेक अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

नेपालका लागि बलर गुलसन झा, कुशल भुर्तेल र ललित राजवंशीले दुई–दुई विकेट लिएका छन । कुशल मल्ल र करण केसीले पनि एक–एक विकेट हात पारेका छन । 

  • न्युज बहार संवाददाता

थप