असार ३०, काठमाडौँ। वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा भारतले शानदार जीत हात पारेको छ । घरेलु टोलीवेस्ट इन्डिजलाई भारतले १ इनिङ्स र १ सय ४१ रनको विशाल अन्तरले पराजित गरेको हो ।
दोस्रो पालीमा वेस्ट इन्डिज मात्र १ सय ३० रनमा सीमित बन्दा भारतका तर्फवाट रवीचन्द्रन आश्विनले ७ विकेट लिन सफल भए।७ विकेट गुमाएपछी वेस्ट इन्डिजको पाली धराशायी बनेको थियो । त्यसपछी लगातार रवीन्द्र जडेजाले २ तथा मोहम्मद सिराजले १ विकेट लिए । वेस्ट इन्डिजका लागि एलिक अथान्जेले सर्वाधिक २८ रन बनाउन सफल भए।
उक्त खेलमा १ सय ७१ रन बनाएर प्लेयर अफ द म्याच घोषित युवा खेलाडी यशश्वी जैसवाल रहे भने उनको यो डेब्यू म्याच हो।
- न्युज बहार संवाददाता