असोज २५, काठमाडौँ । नेपालमा अहिले भइरहेको
विश्वकप छनोटको प्रारम्भिक चरणको खेलमा लाओस र नेपालले बराबरी खेलेका छन् ।
नेपालको
काठमाडौँमा रहेको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पहिलो प्रतियोगितामा
नेपाल पहिले एक गोलले पछि परेको स्थितिबाट पुनरागमन गर्दै नेपालले लाओससँग बराबरी खेलेको
हो ।
अन्जन
विष्टले नेपालका लागि कीर्तिमानी गोल गर्दै खेल बराबरी गरेका हुन ।
अन्जन विष्टको
आजको गोलपछि नेपालका लागि सर्वाधिक १३ गोल गर्ने निराजन रायमाझी र हरि खड्काको
कीर्तिमान बराबरी गरेका छन् ।
निराजनले
हरिको कीर्तिमान बराबरी गरेको १५ वर्षपछि अन्जनले दुई खेलाडीको कीर्तिमानलाई
भेट्टाएका हुन् ।
त्यस्तै ८
वर्षपछि नेपालले दशरथ रंगशालामा विश्वकप छनोटको खेल खेलेको हो ।
- न्युज बहार संवाददाता