फागुन ५,
काठमाडौँ । आज नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आफ्नो
दोस्रो खेल खेल्दैछ । आफ्नो दोस्रो खेलमा नेपालले पाहुना टोली नेदरल्यान्ड्ससँग
प्रतिस्पर्धा गर्नेछ ।
आजको खेल
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार ९:१५ बजेदेखि
सुरु हुनेछ ।
आईसीसी
विश्वकप लिग–२ (२०२३–२०२७) को सुरुवात नेपालले नेदरल्यान्ड्स
र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट गर्न लागेको हो । यो त्रिदेशीय
शृङ्खलामा नेपालले कूल चार खेल खेल्नेछ ।
चार
मध्ये पहिलो खेलमा नेपाल बिहीबार नामिबियासँग ४ विकेटले पराजित भएको छ ।
- न्युज बहार संवाददाता