वैशाख २८, काठमाडौँ । आईपीएल छिटै सुचारु
हुने उच्च सम्भावना देखिएको छ । भारत-पाकिस्तान तनावका कारण आईपीएल
२०२५ बीचमै रोकिएको थियो । तर दुई देशबिच शनिबार युद्धविरामको घोषणा भइसकेको छ ।
युद्धविराम
घोषणासँगै अब समयमै आईपीएल सुचारु हुने सम्भावना हुने देखिएको छ । भारत र
पाकिस्तानले युद्धविराम गर्न सहमत दुवै देशका अधिकारीहरूले पुष्टि गरेपछि अब सीमा
क्षेत्र आसपासको दैनिकी सामान्य बन्ने पक्का भएको हो ।
बीसीसीआईले
शुक्रबार एक साताका लागि आईपीएल स्थगित गरिएको जानकारी गराएको थियो ।
- न्युज बहार संवाददाता