साउन ११, काठमाडौँ । ग्लोबल टी२० क्यानडा क्रिकेट लिगमा नेपाली क्रिकेटेर दीपेन्द्र सिंह ऐरी सम्मिलिति मोन्ट्रियल टाइगर्सले पहिलो हार बेहोरेको छ ।
ब्राम्पटन वल्भससँग मोन्ट्रियल टाएगर्स १५ रनले पराजित भएको छ । उक्त खेलमा दीपेन्द्रले औसत प्रदर्शन गरेका थिए। उनले उक्त खेलमा २८ रन बनाएका थिए।
मोन्ट्रियलको यो पहिलो हार हो। टिमले लगातार तीन खेल जितेको थियो।
१४४ रनको लक्ष्य पछ्याएको मोन्ट्रिलए टाइगर्स ५ बल अगावै १२८ रनमा अलआउट भयो ।
- न्युज बहार संवाददाता