जेठ २, काठमाडौँ । दिल्ली क्यापिटल्सले
आईपीएलको अन्तिम खेलमा लखनउ सुपर जाएन्ट्सलाई पराजित गरेको छ ।
मंगलबार
राति घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो ।
लखनउले २०९
रनको लक्ष्य पछ्उने क्रममा निर्धारित २० ओभरमा ९ विकेटको गुमाउँदै १८९ रन मात्रै बनाउन
सफल भयो । लखनउका लागि अर्षद खानले ५८ रन र निकोलस पुरनले ६१ बनाएका थिए ।
यता दिल्लीका
लागि इशान्त शर्माले ३ विकेट लिए ।
लिगचरणका
सबै खेल सकेर दिल्लीले १४ अंक जोड्दा लखनउको एक खेल बाँकी छदाँ १२ अंक जोडेको छ ।
हिजोको यो
नतिजाले यी दुवै टोलीको प्लेअफमा पुग्ने सम्भावना न्यून बनेको छ ।
- न्युज बहार संवाददाता