Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

दिल्ली क्यापिटल्स केकेआरसँग १०६ रनले पराजित

  •   २ वर्ष अघि | २२ चैत्र २०८०, बिहिबार

चैत २२, काठमाडौँ । आईपीएलको हिजो राती भएको खेलमा दिल्ली क्यापिटल्सलाई कोलकाता नाइट राइडर्सले १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

तीन खेलबाट ६ अंक जोडेको केकेआर यो जितसँगै शीर्ष स्थानमा रहेको छ । यता भने दिल्ली ४ खेलबाट २ अंक जोडेर ९औं स्थानमा रहेको छ ।

दिल्लीले कोलकाताले  दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको थियो । तर दिल्ली १७.२ ओभर खेल्दै गर्दा १६६ रनमै अलआउट हुन पुग्यो ।

डीसीका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक ५५ र ट्रिस्टान स्टुब्सले ५४ रन बनाएका थिए ।  केकेआरका लागि आन्द्रे रसेल र सुनिल नारानेले एक/एक, वैभव अरोरा र वरुण चक्रववर्थीले समान तिन र मिचेल स्ट्राकले दुई विकेट लिएका थिए ।

कोलकाताले विशाखापट्टनममा पहिले टस जितेर पहिला ब्याटिङ रोजेको थियो ।  निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाउन सफल भयो । आईपीएल इतिहासको यो दोस्रो ठूलो योगफल हो ।

  • न्युज बहार संवाददाता

थप