भदौ ३०, काठमाडौँ । एसिया कप २०२३ अन्तर्गत हिजो भएको खेलमा बंगलादेशले सान्त्वना जित हात पारेको छ। शुक्रबार कोलम्बोमा बंगलादेशले भारतलाई ६ रनले हरायो।
बंगलादेशले
दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत अन्तिम बल खेल्न बाँकी छदा २५९ रनमा अलआउट
भएको थियो ।
एसिया
कपको सुपर फोरका खेल सकिएका छन्। अब आइतबार कपको फाइनलमा भारत र आयोजक श्रीलंकाबीच
खेल हुनेछ ।
- न्युज बहार संवाददाता