असार २९, काठमाडौँ। नेपालले आज एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो पहिलो खेल पाकिस्तानको टिम ‘ए’ विरूद्ध खेलिरहेको छ।
नेपालले टस जितेर श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लबमा पहिले ब्याटिङ गर्दा ९.१ ओभरमा आफ्नो ६ विकेट गुमाइसकेको छ।
दोस्रो ओभरमा कुशल भुर्तेल १ रनमा बोल्ड भए। चौथो ओभरमा आसिफ शेख १२ रनमा क्याच आउट भए।
त्यसपछी क्रमश कप्तान रोहित पौडेल ४ रन र भीम सार्की शून्यमा आउट भएका छन्।
त्यसैगरी अर्जुन साउद आठौं ओभरको अन्तिम बलमा १७ रनमा क्याच भए भने पवन सर्राफ पनि १ रन बनाएर आउट भए।
अहिले क्रिजमा कुशल मल्ल र गुल्सन ब्याटिङ गरिरहेका छन्। नेपालले ९.१ ओभरमा ६ विकेट गुमाई ३९ रन मात्र जोड्न सफल भएको छ।
- न्युज बहार संवाददाता