भदौ १८, काठमाडौँ
। एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा सोमबार नेपालले बलियो प्रतिद्वन्द्वी
भारतको सामना गर्ने छ । एसिया कपमा नेपाल पहिलो पटक सहभागी भएको हो भने भारतको यो १५औँ
सहभागिता हो ।
भारत आईसीसीको
पछिल्लो एकदिवसीय वरीयतामा तेस्रो स्थानमा आसिन छ भने नेपाल १५औँ वरीयतामा रहेको छ
। य भारतले हालसम्म सर्वाधिक सात पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ ।
नपाल र भारतबीचको खेल नेपाली समयअनुसार, ३ बजेर १५ मिनट जाँदा सुरु हुनेछ । नेपाली समयअनुसार उक्त खेलको टस २:४५ बजे हुनेछ ।
भारत र नेपाल यसअघि एकदिवसीय
अन्तर्राष्ट्रिय प्रतियोगितामा भिडेका थिएनन् । यो पहिलो पटक
हो ।
- न्युज बहार संवाददाता