साउन ६, काठमाडौँ
। नेपालले आज श्रीलङ्कामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा आफ्नो दोस्रो खेल
खेल्दैछ । आज आफ्नो दोस्रो खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना
गर्दै छ ।
नेपाली
समय अनुसार आज साँझ ७:१५ बजे सुरु हुने नेपाल र पाकिस्तानबिचको खेल श्रीलङ्काको
डम्बुला मैदानमा हुनेछ ।
पहिलो
जितले नेपाल उत्साह साथ बलियो प्रतिद्वन्द्वविरुद्ध मैदानमा देखिने छ ।
- न्युज बहार संवाददाता