असोज २५, काठमाडौँ। आजदेखि मलेसियामा सुरु भएको
एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको पहिलो खेलमा इरानलाई नेपालले ३५४ रनको लक्ष्य दिन
सफल भएको छ ।
मलेसियाको युएसडी
युकेएम ओभलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । नेपालले ४०.१ ओभरमा सबै
विकेट गुमाएर ३५३ रन बनाएको हो ।
नेपाली यू-१९ राष्ट्रिय क्रिकेट
टिमबाट नेपालका लागी देव खनाल दुई शतक हान्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएका
छन् ।
६० बलमा देवले ४ छक्का र १२ चौकाको
मद्दतमा शतक पूरा गरेका थिए । आज यू-१९ टिमका कप्तान समेत रहेका देवले यू-१९ मा दुई
शतक हान्ने पहिलो नेपाली खेलडीको किर्तिमान बनाएका हुन ।
- न्युज बहार संवाददाता