Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एसीसी यू—१९ प्रिमियरकप : बहराइनले नेपाललाई दियो ७८ रनको लक्ष्य

  •   ३ वर्ष अघि | २८ असोज २०८०, आइतवार

असोज २८, काठमाडौँ । बहराइनले एसीसी यू१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाललाई ७८ रनको लक्ष्य दिएको छ । बहराइनले मलेसियामा जारी प्रतियोगितामा टस जिती पहिले ब्याटिङ गर्दै ३७.५ ओभरमा अलआउट हुनुअघि ७७ रनमात्र बनाउन सफल भएको हो ।

बहराइनका ब्याट्सम्यानलाई खेलको प्रारम्भदेखि नै नेपाली बलरहरुले दबाबमा राखेका थिए । बहराइनका सुरुवाती तीन ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

आजको खेलमा नेपाली टोलीका बलर दीपेश कँडेलले ६ विकेट लिएन सफल भए । ९.५ ओभरमा उनले आठ मेडन राख्दै केवल चार रन मात्र खर्चिएका छन । त्यसैगरी दुर्गेश गुप्ताले पनि चार विकेट लिएका छन । आठ ओभरमा गुप्ताले एक मेडन राख्दै केवल २२ रन खर्चिएका थिए ।

  • न्युज बहार संवाददाता

थप