Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

युवा व्यवसायीद्वारा नुवाकोटको बट्टारमा ‘शिवालय सिनेप्लेक्स’ सिनेमा हल सञ्चालनमा

  •   १ वर्ष अघि | १४ जेष्ठ २०८२, मङ्लबार

जेठ १, नुवाकोट । युवा व्यवसायीद्वय सन्तोष अधिकारी र पासाङ लामाले सिनेमा हल सञ्चालनमा ल्याएका छन्। विदुर नगरपालिकाको बट्टारस्थित पुरानो बजारमा शिवालय सिनेप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याइएको छ।

शिवालय सिनेप्लेक्स सिनेमा हलको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले गरेका हुन् । लगानिकर्ता सन्तोष र पासाङले सिनेमा हल निर्माणका लागि रूपैयाँ एक करोडभन्दा बढी खर्च भएको जनाएका छन ।  

अडिटोरियम हल २ सय ४० सिट क्षमताको रहेको छ भने अनलाईन बुकिङको प्रक्रियामा रहेकोले अर्को सातादेखि अनलाईनमार्फत् टिकट खरिद गर्न मिल्न सकिने सञ्चालक सन्तोष अधिकारीले जनाएका छन।

उद्घाटनको दिन नेपाली चलचित्र नरसिंहाप्रदर्शनसँगै हल सञ्चालनमा ल्याइएको थियो । हलमा अपराह्न १२:१५, दिउँसो ३:१५ र साँझ ७:१५ गरी तीन शो मा चलचित्र प्रदर्शन हुने जनाएको  

  • न्युज बहार संवाददाता

थप