Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा क-कसले पाए उत्कृष्टको अवार्ड

  •   २ वर्ष अघि | २० चैत्र २०८०, मङ्लबार

चैत २०, काठमाडौँ । ‘पाँचौँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव’ मा उत्कृष्ट चलचित्रका रुपमा दीपेन्द्र के निर्देशित ‘चिसो मान्छे’ घोषित भएको छ । महोत्सवमा लघु चलचित्र तर्फको उत्कृष्ट अवार्ड भने ‘घुर्रा’ ले प्राप्त गरेको छ  ।

अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव कार्यक्रममा उत्कृष्ट अभिनेत्रीको अवार्ड फिल्म ‘चिसो मान्छे’ बाटै अभिनेत्री स्वस्तिमा खड्काले प्राप्त गरेकी छन भने हरिवंश आचार्यले चलचित्र ‘महापुरुष’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन । उत्कृष्ट निर्देशकको अवार्ड ‘महापुरुष’ को निर्देशक प्रदीप भट्टराईले जितेका छन ।

त्यसैगरी दीपाश्री निरौलाले ‘जुरी मेन्सन अवार्ड’ र ‘छक्का पन्जा ४’ बाट दीपकराज गिरीले उत्कृष्ट लेखकको अवार्ड पाए ।

कार्यक्रममा उत्कृष्ट बाल चलचित्रमा ‘ईअर्ली होम’, वृत्तचित्र ‘थिम’, ‘दिअर ईज नो टुमारो’, ‘मकै विवाह’, ‘द गोर्खा गर्ल’ले समेत अवार्ड प्राप्त गरेका छन ।

  • न्युज बहार संवाददाता

थप