Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘बजरंगी भाइजान’ को सिक्वेल बन्ने

  •   २ वर्ष अघि | १० बैशाख २०८१, सोमवार

बैशाख १०, काठमाडौँ । सन् २०१५ मा रिलिज भएको सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ को सिक्वेलको अपडेट बाहिर तथ्य आएको छ । यो फिल्मको सिक्वेलको काम छिट्टै सुरु हुने निर्माता केके राधामोहनले एक कार्यक्रममा जानकारी दिएका छन ।

यसका लागि चलचित्रको स्क्रिप्ट पनि तयार भइसकेको छ ।

केके राधामोहनले ‘बजरंगी भाइजान’को सिक्वेलको बारेमा कुरा गर्दै फिल्मको दोस्रो भागको स्क्रिप्ट पढिसकेकाले छिट्टै सलमानलाई भेटेर यसको कथा सुनाउने जनाएका छन ।

सलमानले यसअघि २०२१ मा फिल्म ‘आरआरआर’ को प्रमोशनल इभेन्टमा ‘बजरंगी भाइजान’को सिक्वेल बन्ने पक्का गरेका थिए । 

फिल्मको शीर्षक ‘पवनपुत्र भाइजान’ रहने पनि बताइएको छ ।

  • न्युज बहार संवाददाता

थप