Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक शो हुने

  •   २ वर्ष अघि | ८ माघ २०८१, मङ्लबार

माघ ८, काठमाडौँ । ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक शो हुने भएको छ । यो कार्यक्रम आई र यू इन्टरटेनमेन्ट र आगन इभेन्ट्सको संयुक्त प्रस्तुतिमा आगामी जुन र जुलाई महिनामा क्यानडाको विभिन्न सहरमा हुन लागेको हो ।

आयोजका अनुसार क्यानडामा विभिन्न कार्यक्रम पश्चात् यो शो भव्य रूपमा गर्न लागिएको हो । क्यानडामा बस्ने नेपालीले डिमान्ड गर्नुभएका कै कारण त्याहाँ शो गर्न लागिएको हो । यो शोमा हाँस्ने र नाच्ने काम हुनेछ ।

पछिल्लो समय क्यानडामा नेपालीको चाँप बढेसँगै नेपाली गतिविधि बढ्न थालेको छ । नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गर्दै  ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ मा कमेडियन कैलाश कार्की, सुमन कार्की, भरतमणि पौडेलको हाँस्यव्यङ्ग्य प्रस्तुती र मोडल करिश्मा ढकालको नृत्य पनि रहने छ ।

यो कार्यक्रम क्यानडाको टोरोन्टो, ओटावा, लन्डन, भ्यानकुभर, क्यालगरी लगायतका सहरमा कार्यक्रम हुनेछ ।

  • न्युज बहार संवाददाता

थप