पुस १९, काठमाडौँ । फिल्म ‘चित्रा’को ट्रेलर सार्वजनिक भएको छ । मल्टिस्टारर फिल्मको ट्रेलरमा कथावस्तुको घुम्ती, चरित्र चित्रण र पात्र स्थापनाबारे प्रकाश पारिएको छ । घनश्याम लामिछानेले निर्देशन गरेको यस फिल्म पारिवारिक सम्बन्धमा आउने उतारचढाव र बदलाको कथामा आधारित रहेको छ ।
सार्वजनिक ट्रेलर ३ मिनेट लामो रहेको छ । फिल्मको ट्रेलरमा मेनुका प्रधान र सन्तोष अधिकारीबीचको सम्बन्धमा तेस्रो व्यक्तिको कारण आउने टसलसँगै कथा अघि बढेको देख्न सकिन्छ ।
शुभेच्छा खड्का र सन्तोष एकअर्कामा आकर्षित हुँदा
यसले निम्त्याउने पारिवारिक संघर्ष प्रस्तुत छ । अर्कोतर्फ, अर्पण थापा र प्रमोद अग्रहरिबीच
बदलाको आयाम पनि देख्न सकिन्छ ।
- न्युज बहार संवाददाता