कार्तिक
२५, काठमाडौँ । नेपाली फिल्म ‘पशुपति प्रसाद'को तेस्रो सिक्वेल पनि घोषणा गरिएको छ
। फिल्मको दोस्रो सिक्वेल दसैँको मौका पारेर प्रदर्शनमा आएको थियो र यो सफल भएपछि शुक्रबार
काठमाडौँमा निर्माण युनिटले ‘पशुपति प्रसाद २’को सफलताको सेलिब्रेसन कार्यक्रम
गर्दै ‘पशुपति
प्रसाद ३’ निर्माणको
घोषणा समेत गरेको हो ।
खगेन्द्र
लामिछानेको लेखन रहने फिल्ममा दीपेन्द्र के खनालले नै निर्देशन सम्हाल्ने छन । रोजिना
सिटौलाले टुकी आर्ट्सबाट फिल्मको निर्माण गर्नेछिन् ।
सेलिब्रेसन
कार्यक्रममा यस विषयमा निर्देशक खनालले भने– ‘हामीले ‘पशुपति प्रसाद’मा जुन कथा सुरु गरेका थियौँ, त्यसलाई टुङ्ग्याउनुपर्छ भन्ने हाम्रो
निर्कौल हो ।’
उनले दोस्रो
सिक्वेल भस्मे डनको कथामा आधारित रहेको भएता पनि तेस्रो सिक्वेल भने पशुपति प्रसाद
पात्रको कथामा नै आउने खुलाएका छन । अर्थात् अब बन्ने तेस्रो सिक्वेलमा खगेन्द्रको
पात्रलाई पुनर्स्थापित गराइनेछ ।
- न्युज बहार संवाददाता