Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को म फूल हुँ कि काँडा’ बोलको गीत सार्वजनिक

  •   १ वर्ष अघि | ३१ असार २०८२, मङ्लबार

असार ३१, काठमाडौँ । मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को गीत सार्वजनिक भएको छ । यो फिल्मको ‘म फूल हुँ कि काँडा’ बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजनिक गितमा लेखु सहयात्रीको शब्द संगीत तथा मनिषा पोखरेलको स्वर रहेको छ । गितको भिडियोमा नाजिर हुसेनको नृत्य छ । पारालैंगिक पात्रमा आफूलाई रुपान्तरण गरेर अभिनेता हुसेनले मर्मस्पर्शी अभिनय गरेका छन् । उनको भावभंगिमा र नृत्य शैली लोभलाग्दो छ ।

यो फिल्म १३ भदौदेखि प्रदर्शन हुनेछ । फिल्ममा नाजिरका साथै सञ्चिता लुइँटेल, सुशील सिटौला, शिशिर राणा, राजकुमार घोष, विशाल पहारी र अनुपम श्रेष्ठको पनि अभिनय रहेको छ ।

  • न्युज बहार संवाददाता

थप