असोज ७, काठमाडौँ । आज आइतबारदेखि फिल्म ‘मायावी’को छायांकन मुस्ताङबाट सुरु भएको छ । अभिनेता पल शाहको ‘कमब्याक’ भनिएको फिल्मको मुस्ताङको नीलगिरि हिमाल क्षेत्रबाट छायांकन सुरु भएको छ । नेपाल र भारतका विभिन्न क्षेत्रमा यस फिल्मको छायांकन करिब ३५ दिनसम्म चल्ने ताइएको छ ।
पल शाहको एक वर्ष लामो हिरासत बसाइ र रिहा भएपछी यो पहिलो औपचारिक फिल्म छायांकन हुन लागेको हो ।
नीलगिरि
आसपासमा पलसहित दीपिका प्रसाईं र समिम खान फिचर्ड गीतको सुटिङ गर्दै निर्देशक
दिवाकर भट्टराईले छायांकन सुरु भएको बताएका हुन ।
- न्युज बहार संवाददाता