असोज ३, काठमाडौँ । चलचित्र ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक भएको छ। नारायण रायमाझी निर्देशित फिल्म ‘हिजो काम’ बोलको गित सार्वजनिक भएको हो । असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको अवसर पारेर चलचित्रको गीतले परदेशीकै कथा बोलेको छ ।
प्रशान्त तामाङको स्वर सतिश चापागाईँको शब्द रहेको गीतमा बिबि अनुरागीको सङ्गीत रहेको छ । गीतको मिक्सिङ श्याम श्वेत रसाइलीले गरेका हुन् ।
चलचित्रका शीर्ष कलाकार प्रकाश सपूत र दिलीप रायमाझीसँगै रमा थपलिया लगायतलाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ।
- न्युज बहार संवाददाता