Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पायो फिल्म ‘बोक्सीको घर’ले

  •   २ वर्ष अघि | १३ बैशाख २०८१, बिहिबार

बैशाख १३, काठमाडौँ । फिल्म ‘बोक्सीको घर’ले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ । सुलक्षण भारती निर्देशित फिल्मले बुधबार बेलुका क्यूएफएक्सको सेन्ट्रल सिनेमाजमा आयोजित प्रिमियरमा फिल्मले प्रतिक्रिया पाएको हो ।

समारोहमा कास्ट, क्रू, कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थितिका रहेको थियो ।

यो फिल्म अभिनेत्री केकी अधिकारीले निर्माण गरेको पहिलो फिल्म हो । उपस्थित सबै कलाकर्मीले उनलाई हौसला दिएका थिए । निशा अधिकारी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, प्रकाश सपुत, बेनिशा हमाल, रीमा विश्वकर्मा, अशोक शर्मा, ज्ञानेन्द्र देउजा लगायत प्रिमियरमा सहभागी थिए ।

फिल्म हेरी सकेपछी अभिनेत्री स्वस्तिमा खड्काले कथावस्तु र कलाकारको कामको प्रशंसा गरेकी छन ।

फिल्म स्क्रिनिङपछि मिडिया कुराकानीमा उपस्थित सबैले सकारात्मक प्रतिक्रिया दिएक छन । 

  • न्युज बहार संवाददाता

थप