जेठ २०, काठमाडौँ । फिल्म ‘गाउँ आएको बाटो’को पहिलो गीत सार्वजनिक भएको छ । नवीन
सुब्बा निर्देशित फिल्मको ‘राई माइला’ बोलको गित सार्वजनिक भएको हो ।
सार्वजनिक गितमा श्रवण मुकारुङको शब्द, कालीप्रसाद बासकोटाको संगीत
र सुनिता
थेगिमको स्वर रहेको छ ।
गीतमा
दयाहाङ राई, प्रसन राई
र पशुपति राईलाई फिचर्ड गरिएको छ । निर्माण टिमको विश्वास अनुसार गीतमा समावेश दृश्यले
फिल्मको कथासार बुझाउन सहयोग गर्नेछ ।
यो फिल्म जेठ २५
गतदेखि रिलिज हुदैछ भने यो फिल्म अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रदर्शन भैसकेको छ ।
- न्युज बहार संवाददाता