असार २, काठमाडौँ । फिल्म ‘सिटामोल’को झुम्का कानैमा बोलको पहिलो गीत सार्वजनिक भएको छ। आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने तयरीमा रहेको फिल्मको सोमबार पहिलो गित सार्वजनिक गरिएको छ।
उक्त
सार्वजनिक गितको भिडियोमा कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा तयार गरिएको छ । आज काठमाडौँमा आयोजित एक
कार्यक्रममा गित सार्वजनिक गरिएको गो भने उक्त गीतमा सिनेमाका मुख्य कलाकारहरू
सौगात मल्ल र बेनिशा हमाललाई देक्न सकिन्छ।
चलचित्रमा सौगात र
बेनिशासहित श्री कृष्ण निरौला, लोकेन्द्र लेखक, जानुका विश्वकर्मा, भुगोल कार्की, सुशील पोखरेल, पवन भट्टराई, हिउँवाला गौतम, दिनेश रेग्मी, करण परियार, आरआर खड्का, ज्ञानु मल्ल लगायतको अभिनय छ
।
- न्युज बहार संवाददाता