जेठ १८, काठमाडौँ
। ‘ऊनको
स्वीटर’ फिल्म प्रदर्शनको
चौथो सातामा प्रवेश गरेको छ । तेस्रो सातासम्म फिल्मले राम्रो व्यवसाय गर्दै चौथो
सातामा प्रवेश गरेको हो ।
फिल्म आर्टमाण्डू
नेपालको ब्यानरमा निर्माण भएको हो भने निर्माण पक्षले फिल्मले तेस्रो सातासम्म
देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मले प्रदर्शनको
चौथो हप्तामा प्रवेश गरिसक्दा पनि देशभर १०० भन्दा बढी शो पाएको छ ।
फिल्ममा
विपिन कार्की, मिरुना
मगर, एलेक्स
पारस, परीक्षा
लिम्बु, विल्सनविक्रम
राई, सुरज तमु
र सुनील
पोखरेलको अभिनय छ ।
नवीन
चौहानको लेखन तथा निर्देशनमा बनेको चलचित्रले रिलिजको पहिलो दिनदेखि नै सकारात्मक
प्रतिक्रियासहित दर्शकको साथ पाउँदै आएको छ ।
- न्युज बहार संवाददाता