Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘मनसरा’ लाई दर्शकको साथ, सुरुवाती व्यापार राम्रो

  •   २ वर्ष अघि | २३ बैशाख २०८१, आइतवार

बैशाख २३, काठमाडौँ । ‘मनसरा’ शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । यस फिल्मले सुरुवाती व्यापार राम्रो गर्न सफल भएको छ । निर्माण युनिटको दाबी अनुसार फिल्मले शुक्रबार र शनिबार देशभर राम्रो कलेक्शन गरेको छ । 

निर्माता शैलेन्द्र ध्वज कार्कीले पूर्वी नेपालका हलहरूमा रिलिजको दिन शुक्रबार राम्रो व्यापार गरेको फिल्मले शनिबार पश्चिम नेपालको हलमा राम्रो व्यापार गरेको बताएका छन । फिल्मको हल बुकिङले शनिबार नै करोड माथिको व्यापार गरेको उनले अनुमान गरेका छन ।

फिल्मको निर्माण टिम शुक्रबार दिनभर विराटनगर, इटहरी र धरानका विभिन्न हलमा पुगेको थिए बने शनिबार दमक र बिर्तामोड पुगेर दर्शक साक्षात्कार गर्दै काठमाडौँ फर्किएका छन । निर्माण टिमले आइतबार काठमाडौँका केही हलमा पुग्ने कार्यक्रम रहेको बताएका छन । फिल्म उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको हो भने फिल्मले एकल महिला र निसन्तान पुरुषबिचको कथा बोलेको छ ।

फिल्मअभिनेता प्रवीण खतिवडा र अभिनेत्री मिरुना मगरको वरिपरि घुमेको छ । यस फिल्ममा अभिनेता दयाहाङ राईको पनि सशक्त अभिनय रहेको छ ।

  • न्युज बहार संवाददाता

थप