चैत २२, काठमाडौँ । दीपेन्द्र के खनाल निर्देशित फिल्म 'के घर के डेरा : घर नं २'ले नयाँ पोस्टर सार्वजनिक गरेको छ । फिल्मले एकसाथ ३ पोस्टर सार्वजनिक गरेको छ । फिल्मले एकैसाथ ३ पोस्टर रिलिज गर्दै रिलिज मिति समेत परिवर्तन गरेको जानकारी गराएको छ ।
अब नयाँ
मिति अनुसार फिल्म आउँदो जेठ २ मा रिलिज हुने भएको छ ।
सार्वजनिक
विभिन्न पोस्टरमा फिल्मका मुख्य पत्रहरुलाई समेटिएको छ । यस फिल्ममा निश्चल
बस्नेत, खगेन्द्र लामिछाने, आर्यन सिग्देल तथा अभिनेत्री केकी अधिकारी, प्रकाश
घिमिरे, उपसना सिहं ठकुरी, सृजना नापित लगायतका कलाकारको अभिनय रहेको छ ।
यस सिनेमालाई
‘एक्लो’, ‘कर्नाली ब्लुज’ ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धि
सागरले लेखेका हुन् । उनी लिखित यो फिल्म पहिलो रिलिज हुनेछ ।
- न्युज बहार संवाददाता