असोज ११,
काठमाडौँ । फिल्म ‘बेहुली
फ्रम मेघौली’ अमेरिकामा
पनि प्रदर्शन हुने भएको छ । अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको
मुख्य भूमिका रहेको फिल्मको अमेरिका प्रदर्शन अधिकार खड्का ग्रुप, नेपसिने, हिमालीफाई, ब्लुम एण्ड कम्पनीले र नेपाल
इन्टरटेनमेन्ट लिएको हो ।
दसैँको
घटस्थापनाबाटै फिल्म अमेरिकाको डलास, न्युयोर्क, बोस्टन
र सान
फ्रान्सिस्को लगायतका सहरमा प्रदर्शन हुने जनाएको छ । निर्माण युनिटका अनुसार फिल्मको युरोप, अस्ट्रेलिया
र
मध्यपूर्वका देशहरूमा पनि प्रदर्शन अधिकारका लागि कुरा भइरहेको छ ।
- न्युज बहार संवाददाता