माघ २३, काठमाडौँ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मको सिर्जनात्मक स्वतन्त्रतामा अंकुश लगाउने गरी ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८०’ को मस्यौदा तयार पारेको छ ।
चलचित्र
जाँचसम्बन्धी कार्यविधि २०८०’ को मस्यौदा तयार हुँदै गर्दा यता फिल्मकर्मीहरुले यो
कार्यविधिलाई जस्ताको तस्तै पारित गरिए यसले अभिव्यक्ति र सिर्जनात्मक
स्वतन्त्रतामा डरलाग्दो परिस्थिति निर्माण गर्ने प्रतिक्रिया दिइरहेका छन ।
गत साता समितिले
फिल्मसम्बद्ध संस्थालाई कार्यविधिको ड्राफ्ट पठाएको छ । सोही ड्राफ्टमाथि छलफलका
लागि बोर्डले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा फिल्मसम्बद्ध संस्थालाई
बिहीबार बोलाएको छ ।
केन्द्रीय
चलचित्र जाँच समितिले संसदको हिउँदे अधिवेशनबाट चलचित्र विधेयक पारित गर्ने तयारी
भइरहँदा यो कार्यविधि तयार पारेको हो । बोर्डले यसै विषयमा केही साताअघि स्टाफ
कलेज जावलाखेलमा सीमित फिल्मकर्मीलाई बोलाएर सुझाव संकलन समेत गरेको थियो । सेन्सर
बोर्ड नै खारेज गर्नुपर्छ भन्ने मत राख्ने फिल्मकर्मी भने त्यहाँ उपस्थित नभएको
स्रोतले बताएको थियो ।