माघ १४, काठमाडौँ
। नेपाली फिल्म ‘अगस्त्य’को टिजर सार्वजनिक भएको छ । मल्टिस्टारर
एक्सन फिल्मको आज आइतबार क्यूएफएक्सको लबिम हलमा आयोजित पत्रकार सम्मेलनमा
एक्सनप्रधान टिजर सार्वजनिक गरिएको हो ।
सार्वजनिक
टिजर दुई मिनेट लामो रेहेको छ भने यसमा महत्वपूर्ण दृश्यहरुलाई समेटिएको छ । टिजर सार्वजनिक पत्रकार सम्मेलनमा निर्देशक सौरभ
चौधरी, कलाकार नाजिर
हुसेन, सौगात मल्ल, मलिका महत, प्रमोद अग्रहरि लगायत उपस्थित रहेका थिए ।
सार्वजनिक
टिजरमा सौगातको बहुचरित्रकरण देख्न सकिन्छ । लेयर टिजरमा प्रेमीदेखि ग्याङस्टर
हुँदै सडकसम्मको उनको चरित्र देख्न सकिन्छ । कुल मिलाएर यो बदलाको कथामा आधारित
फिल्म रहेको छ ।
- न्युज बहार संवाददाता