Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

फिल्म ‘रामायण’ मा हनुमानको भुमिकाका लागी सनी देओललाई प्रस्ताव

  •   ३ वर्ष अघि | २५ असोज २०८०, बिहिबार

असोज २४, काठमाडौँ । बलिउड फिल्म ‘रामायण’ घोषणा भएदेखि नै चर्चामा छ । अब एकपटक फेरी यस फिल्मले स्टारकाष्ट लाई लिएर चर्चा कमाएको छ  । निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’मा सनी देओल भगवान हनुमानको भूमिकामा देखिने कुराले अहिले चर्चाको विषय बनेको छ ।

निर्माताले सनी देओलको लुक्सलाई ध्यानमा राखेर उनलाई यो भूमिकाका लागि प्रस्ताव गरेको सञ्चार माध्यमले जनाएका छन । तर यस विषयमा सनीले वा निर्माता कुनै पक्षबाट आधिकारिक घोषणा भने भएको छैन । अहिले निर्माता टोली र सनी देओलबिच छलफल चलिरहेको पिंकभिलाको एक रिपोर्टले जनाएको छ ।

यो फिल्ममा रामको भूमिकाका लागि रणवीर कपुर, सिताको भूमिकामा साई पल्लवी र रावणको भुमिकामा यश पक्का भइसकेका छन् । यदि यस फिल्मको सनी हिस्सा बने भने रणवीर र उनले पहिलो पटक स्क्रिन सेयर गर्ने देखिएको छ ।

  • न्युज बहार संवाददाता

थप