जेठ २, काठमाडौँ
। ‘षट्कोण
आर्ट्स’ ‘जात्रा’ फ्रेन्चाइज जस्तो सफल व्यवसायिक
फिल्म निर्माण गर्ने निर्माता कम्पनी हो । यस कम्पनिले आज शुक्रबार कथानक फिल्म ‘लालीबजार’ ल्याउने घोषणा गरेको छ ।
यम थापाले यो
फिल्मलाई लेखन तथा निर्देशन गर्दैछन् । फिल्ममा प्रदीप भट्टराई कार्यकारी निर्माता
छन् भने म्याक्स दिपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन।
निर्माताले फिल्म घोषणासँगै टिजर पोस्टर सार्वजनिक गरेका छन्, जसमा पहेँले रङको पृष्ठभूमिमा लिपिस्टिकसहितका चुरा र महिलाको सौन्दर्य प्रशाधनका सामग्री राखिएको छ । टिजर पोस्टर र शीर्षकले फिल्मको केन्द्रमा महिला रहेको सजिलै बुझ्न सकिन्छ ।
- न्युज बहार संवाददाता