Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ को ओपनिङ फिल्मको रुपमा ‘शाम्बाला’ प्रदर्शन हुने

  •   १ वर्ष अघि | १४ जेष्ठ २०८२, मङ्लबार

जेठ १३, काठमाडौँ । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ अमेरिकाको मेरिल्याण्डमा आयोजना हुदैँ छ । उक्त महोत्सवमा प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक भएको छ ।

यस सुचिमा मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’देखि दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ र विनोद पौडेल निर्देशित ‘भूठान’ लगायतका चलचित्रहरु रहेका छन् । यस महोत्सवको ओपनिङ फिल्मको रुपमा ‘शाम्बाला’ तय गरिएको छ ।

महोत्सव जुन महिनाको २६ देखि २९ तारिक सम्म हुनेछ । याहाँ नेपाल, इरान, अमेरिका, साउदी, मेक्सिकोसहित १५ देशका कथानक, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१ फिल्म प्रदर्शन हुने जनाइएको छ ।

  • न्युज बहार संवाददाता

थप