फागुन ४,
काठमाडौँ । एपिक नेपाल म्युजिक अवार्डको नयाँ अर्थात पाँचौँ संस्करण आयोजना हुने
भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै आयोजक एपिक नेपाल म्युजिक प्रालीले अवार्डको
विभिन्न पक्षबारे जानकारी दिएको हो ।
मध्यपुर
थिमी शंखधरपार्क भक्तपुरमा आयोजित कार्यक्रमले आगामी चैत्र २ गते मध्यपुर थिमी
नगरपालिकामै सम्पन्न हुने अवार्डमा वरिष्ठ कलाकार वसुन्धरा भुसाललाई नगदसहित ‘लाईफटाइम एचिपमेन्ट अवार्ड’ र वरिष्ठ पत्रकार ऋषि धमला र
क्रषि थपलियालाई सम्मान गरिने जनाएको छ ।
अवार्ड कार्यक्रममा ३२ विद्यामा अवार्ड प्रदान
गरिने छ ।
- न्युज बहार संवाददाता