मंसिर २२, काठमाडौँ । विश्वभर रणवीर कपुर स्टारर बलिउड फिल्म ‘एनिमल’ले उछाल कमाइ गरेको छ । ६ दिनसम्म यो फिल्मले विश्वब्यापी ५२७.६० करोड ग्रस कमाएको जनाइएको छ ।
ब्यापार
विश्लेषक तरण आदर्शका अनुसार भारतीय बक्स अफिसमा फिल्मले ६ दिनमा ३१४.५० करोड नेट
भारु कमाइ गरेको छ । यसमध्ये दक्षिण भारतीय भाषामा ३६.०४ करोड र हिन्दी संस्करणमा
२७८.४६ करोड भारु र नेट भारु छ ।
नेपालमा यो
फिल्मले ६ दिनमा कम्तीमा ५ देखि ६ करोडबीचको नेरु ग्रस हाराहारीमा कमाइ गरेको
अनुमान गरिएको छ । यद्यपि यहि नै नेपालको आधिकारिक कमाइ भने होइन ।
नेपालमा यो गतिमा अघि बढे फिल्मले शाहरुख खानका अघिल्लो फिल्म ‘जवान’लाई उछिन्ने प्रक्षेपण गरिएको छ ।
पिंकभिल्लाका
अनुसार खासगरि उत्तर अमेरिका र अष्ट्रेलियामा फिल्मले उछाल कमाइ गरिरहेको छ। अष्ट्रेलियामा सर्वाधिक कमाउने
हिन्दी फिल्म बनेको यस फिल्मले ३ मिलियन अष्ट्रेलियन डलर कमाएको छ ।
- न्युज बहार संवाददाता