कार्तिक २, काठमाडौँ । फूलपातीबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको ‘पशुपति प्रसाद २ : भष्मे डन’ फिल्म दसैँ विदामा बम्पर कमाई गर्ने देखिएको छ । क्रेजलाई मध्यनजर गर्दै भन्ने हो ६ दिन दसैँको बिदालाई मध्यनजर गर्दै प्रदर्शनमा आउन लागेको फिल्मप्रति दर्शकको फिल्मले राम्रो कमाई गर्ने देखिएको छ ।
यसैबिच देशभरका मल्टिप्लेक्सहरुले फिल्मका लागि बुकिङ खुलाइसकेका छन् । टिकट सुरक्षित गर्नेहरूको सङ्ख्या बुकिङमा ठुलो देखिएको छ ।
मल्टिप्लेक्सहरुले पनि यस फिल्मलाई उच्च शो दिएका छन । फिल्मलाई देशको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरको स्टेशनमा ६३ शो बाँडेको छ । क्यूएफएक्समा बुकिङ खुलेसँगै फिल्मको टिकट आक्रमक रुपमा बिक्री भैरहेकोले बुकिङको ट्रेन्ड हेर्दा शुक्रबारसम्म क्यूएफएक्सअन्तर्गत काठमाडौँका प्रायः हलमा फिल्मको टिकटको हाहाकार हुने देखिएको छ ।
- न्युज बहार संवाददाता