Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘बेहुली फ्रम मेघौली’को महत्त्वपूर्ण दृश्य खिचेर सामाजिक सञ्जाल हालिएको भन्दै निश्चल बस्नेतले दिए उजुरी

  •   २ वर्ष अघि | २१ असोज २०८१, सोमवार

असोज २१, काठमाडौँ ।  निर्माता तथा अभिनेता निश्चल बस्नेतले नेपाल प्रहरीको साइबर ब्युरोमा आफु अभिनित फिल्म ‘बेहुली फ्रम मेघौली’को महत्त्वपूर्ण दृश्य खिचेर सामाजिक सञ्जाल हालिएको भन्दै उजुरी दिएका छन् ।

बस्नेतले पाइरेसीका कारण फिल्मलाई क्षति पुगेको र त्यस्ता काम गर्नेहरुको सामाजिक सञ्जालका एकाउन्ट ब्लक गर्नका साथै दोषीलाई कारबाही गर्न माग गर्दै उजुरी दिएका हुन् । 

सामाजिक सञ्जाल मार्फत बस्नेतले आफूले साइबर ब्युरोमा उजुरी दिएको जानकारी दिएका छन् । उनले यस विषयमा सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘फिल्म बौद्धिक सम्पत्ति भएको र जति पनि युट्युब र टिकटक एकाउन्टबाट दृश्य अपलोड भएका छन्, ती एकाउन्ट ब्लक गर्न र पाइरेसी गर्नेलाई कारबाही गर्न माग गरेको छु ।’

  • न्युज बहार संवाददाता

थप