फागुन ४,
काठमाडौँ । चैत्र १६ गतेदेखि नेपालको पहिलो एनिमेटेड चलचित्र ‘सलिना’ सार्वजनिक प्रदर्शनमा आउने भएको
छ । वितरणसँगको छलफलबाट निर्माण युनिटले फिल्मको रिलिज मिति चैत्र १६ गते तय गरेका
हुन् ।
मनोज
राठी र उज्ज्वल पौडेलले श्री ब्यांकटेश इन्टरटेन्डमेन्ट प्रा.लीको तर्फबाट वितरण
गर्ने चलचित्रको डिजिटल पाटनर ओएसआर डिजिटल रहको छ भने यो चलचित्र रेनमेकर एनिमेसन
एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बेनेको छ । यो फिल्ममा सम्पूर्ण रुपमा
नेपाली प्राविधिक र नेपाली भाषामा प्रयोग भएको छ । यस चलचित्रमा पाश्र्व आवाज
बाहेक अन्य कुनै भौतिक पात्रको प्रयोग भएको छैन ।
चलचित्र पहिलो
चरणमा मल्टिप्लेक्स घरमा मात्र रिलिज हुने छ भने दोस्रो चरणमा अन्य सिंगल
थियटरहरुमा लाग्नेछ । तेजस राज जोशीले चलचित्र निर्देशन गरेका हुन् ।
- न्युज बहार संवाददाता