Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अमेजन प्राइम भिडियो रिलिज भयो नेपाली फिल्म ‘चित्रा’

  •   १ वर्ष अघि | १८ असार २०८२, बुधबार

असार १८, काठमाडौँ । फिल्म ‘चित्रा’ अब विश्वभरका दर्शकले हेर्न पाउने भएका छन् । घनश्याम लामिछानेको निर्देशन रहेको उक्त फिल्म प्राइम भिडियो (अमेजन प्राइम भिडियो) ओटीटी मार्फत रिलिज भएको छ । 

नेपालमा २०८० सालको पुष २७ गते सार्वजनिक प्रदर्शनमा आएको फिल्मलाई रिलिज वर्ड’ ले हिन्दी डब गर्दै अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो ।

निर्माण पक्षको दाबी अनुसार ‘चित्रा’ विश्वव्यापी रूपमा अमेजन प्राइममा रिलिज भएको पहिलो नेपाली फिल्म हो । नेपाली फिल्महरू यसअघि अमेजन प्राइम युके वा युएसए संस्करणमा मात्र सीमित थिए, तर ‘चित्रा’ भने ग्लोबल प्लेटफर्ममा रिलिज भएको हो ।

  • न्युज बहार संवाददाता

थप