भदौ २९, काठमाडौँ । राजनीतिक अवस्थाको कारण जेनजी आन्दोलनपछि बन्द रहेका फिल्म हलहरू सोमबारदेखि पुनः सञ्चालनमा आउने भएका छन्।
नेपाल चलचित्र सङ्घले आइतबार गरेको
बैठकमा फिल्म हलहरू सोमबारदेखि खोल्ने निर्णय गरियो। चलचित्र सङ्घका अध्यक्ष
नरेन्द्र महर्जनले जानकारी दिंदै भने, ‘भोलिदेखि
सबै फिल्म हलहरू नियमित रूपमा सञ्चालनमा आउनेछन्।’
उनले थपे, ‘हल बन्द हुँदा
रोकिएका फिल्महरू सबैभन्दा पहिले रिलिज गरिनेछन्।’
- न्युज बहार संवाददाता