मंसिर
२५, काठमाडौँ । भारतीय फिल्म ‘सलार’मा नेपाली
गायिका मेनुका पौडेलले पार्श्व गायनको अवसर पाएकी छन् । उनले भारतको गायन रियालिटी
शो ‘इन्डियन
आइडल’मा आफ्नो
प्रस्तुति मार्फत सबैको मन जित्दै आएकी छन भने उनले सोही शो मार्फत कारण भारतीय
फिल्ममा अवसर पाएको बताइएको छ।
सोनी
टेलिभिजनमा आइतबार राति प्रसारित ‘इन्डियन आइडल’को शोमा मेनुका पौडेल आफैले
आफूले ‘सलार’मा गीत गाउने अवसर पाएकोमा खुसी
साटेकी हुन् । उनले यसबारमा जानकारी गराएछी सोही एपिसोडमा मेनुकाले स्टुडियो पुगेर
गीत गाएको केही अंश समेत प्रसारण गरिएको थियो । यसका लागी निर्णायकहरुले
कार्यक्रममा उनलाई बधाई समेत दिएका थिए ।
संगीतकार
रवि बसरुरको संगीतमा मेनुकाले ‘सलार’को एक
गीतमा स्वर दिएकी हुन् । फिल्मको हिन्दी भर्सनका लागि उनको स्वर रेकर्ड गरिएको हो ।
‘इन्डियन
आइडल’को ‘टप १४’मा पुगेकी उनलाई उपाधिको बलियो दाबेदारको
रुपमा लिने गरिएको छ ।
- न्युज बहार संवाददाता