जेठ १४, काठमाडौँ
। अपाच्य शैलीका दोहोरी बन्द नगरे सदस्यता समेत खारेज गर्ने चेतावनी राष्ट्रिय लोक
तथा दोहोरी गीत प्रतिष्ठानले दिएको छ ।
आइतबार
एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले यसले समाजमा नकारात्मक प्रभाव पारेको समेत जानकारि
दिएको हो ।
प्रतिष्ठानले
सदियौँदेखि चल्दै आइरहेको दोहोरीको मूल मर्म र भावनामै अहिलेका लोकदोहोरी मार्फत
प्रहार भएको व्यापक जनगुनासो आएपछि यसतर्फ ध्यानाकर्षण भएको जनाएको छ ।
प्रतिस्थानका
अनुसार यस्ता गतिविधिलाई दोहोर्याए साधारण सदस्य समेत खारेज गर्दै सुविधाबाट
समेत वञ्चित गर्ने चेतावनी दिइएको छ ।
- न्युज बहार संवाददाता